२०८३ बैशाख २४ गते , विहीबार

बंगलादेशमा हसिनाका बुवाको नामको सङ्ग्रहालय प्रदर्शनकारीले जलाए, प्रहरी चौकीमा आगजनी र लुटपाट

sajilo news
बीबीसी
२०८१ श्रावण २२ गते , मंगलबार
बंगलादेशमा हसिनाका बुवाको नामको सङ्ग्रहालय प्रदर्शनकारीले जलाए, प्रहरी चौकीमा आगजनी र लुटपाट

बंगलादेशमा सोमबार प्रदर्शनकारीले धनमण्डीस्थित ‘बंगबन्धु स्मृति जादूघर’मा तोडफोड गरी आगजनी गरेका छन् । शेख हसिनाको पार्टी अवामी लीगको विरासतलाई जोगाउन बंगलादेशको राजशाही जिल्लामा यो संग्रहालय निर्माण गरिएको थियो। प्रदर्शनकारीहरूले यस संग्रहालयमा राखिएको शेख हसिनाका पिता बंगबन्धु शेख मुजिबुर रहमानको तस्बिर पनि जलाएका छन्।

त्यस्तै बंगलादेशको राजधानी ढाकाको जात्राबारी, बड्डा, मोहम्मदपुर, अदाबरलगायत धेरै प्रहरी चौकीहरूमा रातभर आक्रमण र लुटपाट भएको थियो।
सोमबार धेरै प्रहरी चौकीमा आक्रमण भएको थियो र आक्रोशित भीडले धेरै ठाउँमा प्रहरीसँग झडप गरेका थिए। कतिपय प्रहरी चौकीबाट प्रहरी भागेका समाचार बीबीसीमा छ ।

मंगलबार बिहान मोहम्मदपुर प्रहरी भग्नावशेषको थुप्रोमा परिणत भएको थियो । प्रहरी चौकीका केही कोठाबाट धुवाँ निस्किएको देख्न सकिन्छ । प्रहरी चौकी परिसरमा धेरै कार र फर्निचर जलेको देख्न सकिन्छ। प्रहरी चौकी भित्रबाट पंखा, कुर्सी, टेबुललगायत सबै प्रकारका सामान लुटिएको थियो । सुरक्षा संकटका कारण प्रहरी चौकीमा ड्युटीमा रहेका प्रहरी आइतबार प्रहरी चौकी छाडेर सुरक्षित स्थानमा गएका थिए ।

मोहम्मदपुर प्रहरी चौकीका एक एसआईले नाम नखुलाउने सर्तमा भने, ‘प्रहरी चौकीभित्र रहेको सबै हतियार र गोली लुटिएको छ ।नजिकैको अदबर प्रहरी चौकी पनि लुटिएको थियो ।

आइतबार राति प्रहरी चौकी अगाडि पार्किङ गरेका सवारीसाधन, प्रहरी चौकीभित्र राखिएका मोटरसाइकल र सामान लुटपाट भएको बताइएको छ । यस प्रहरी चौकीमा पनि प्रहरी देखिएनन् । सोमबार बड्डा र भटारा प्रहरी चौकीमा पनि आक्रमण भएको थियो । आगलागीबाट प्रहरी चौकीको भवन जलेर नष्ट भएको छ ।

प्रहरी चौकी बाहिर राखिएका सरकारी गाडी र भित्र राखिएका सबै सामान जलेका छन् । यसबाहेक सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा राजारबागस्थित प्रहरी लाइनमा साइरन बजिरहेको सुनिएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार ढाकाका ६ प्रहरी चौकीमध्ये अधिकांशमा प्रहरी छैनन्।

सम्बन्धित समाचार