२०८३ बैशाख २४ गते , विहीबार

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

sajilo news
एजेन्सी
२०८१ श्रावण २४ गते , विहीबार
जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जापानमा ७.१ रेक्टरस्केलको भूकम्प गएको छ। भूकम्प गएसँगै जापानको कोची, मियाजाकीलगायतका प्रिफेक्चरहरूमा सुनामीको चेतावनी दिइएको छ।

जापानको मौसम विभागले ती स्थानहरूमा सुनामी जान सक्ने भन्दै उच्च सतर्कता अपनाउन भनेको छ। स्थानीय समयअनुसार ४:४३ मिनेटमा मियाजाकी भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। भूकम्प प्रभावित क्षेत्रहरूमा बुलेट ट्रेनको सेवा बन्द गरिएको एजेन्सीहरूले उल्लेख गरेका छन्। प्रारम्भिक क्षतिको विवरण आइसकेको छैन। 

सम्बन्धित समाचार