२०८३ बैशाख २४ गते , विहीबार

ब्राजिलमा विमान दुर्घटना, चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८१ श्रावण २६ गते , शनिबार
ब्राजिलमा विमान दुर्घटना, चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु

ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित ६१ जनाको मृत्यु भएको छ। 

स्थानीय अधिकारीहरूका अनुसार विमानमा सवार सबै यात्रुको मृत्यु भएको हो। एटीआर ७२-५०० मा चालक दलका चार सदस्य र ५७ यात्रु सवार थिए। 

टर्बोप्रप दक्षिणी राज्य परानाको कास्केभेलबाट साओ पाउलो शहरको ग्वारुल्होस विमानस्थलमा उडिरहेका वेला भिन्हेडो शहरमा खसेको भोपस एयरलाइन्सले जनाएको छ। सामाजिक सञ्जालमा प्रसारित भिडियोमा विमान ठाडो रूपमा घुम्दै तल झरेको देखाइएको छ। 

राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पीडित परिवारप्रति दुख व्यक्त गरेका छन्। साओ पाउलो राज्यका गभर्नर टार्सिसियो गोम्स डे फ्रेटासले तीन दिनको शोक घोषणा गरेका छन्।

फ्रान्सेली-इटालियन विमान निर्माता एटीआरले अनुसन्धानमा सहयोग गर्ने बताएको छ।

सम्बन्धित समाचार