२०८३ बैशाख २४ गते , विहीबार

विहारको बाबा सिद्धान्त मन्दिरमा भागदौड, ७ जनाको मृत्यु, १६ घाइते

sajilo news
एजेन्सी
२०८१ श्रावण २८ गते , सोमबार
विहारको बाबा सिद्धान्त मन्दिरमा भागदौड, ७ जनाको मृत्यु, १६ घाइते

विहारको जेहानाबाद जिल्लाको बाबा सिद्धान्त मन्दिरमा भागदौड हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन्।

कांवड़ियाहरू बीच केही विवाद भएपछि त्यहाँ झडप भएको थियो। झडप नियन्त्रणका लागि प्रहरीले लाठी चार्ज गर्दा भागदौड मच्चिएको जिल्ला मजिस्ट्रेट अलङ्किता पाण्डेले जानकारी दिएको भारतीय सरकारी सञ्चारमाध्यम पीटीआईले जनाएको छ। 

प्रहरीले भने लामो लाइनसहितको भीडमा धक्कामुक्की हुँदा मन्दिरको रेलिङ भाँचिएको र मानिसहरू च्यापिएको जनाएको छ। ​

अहिले मन्दिरको सुरक्षामा खटिएको प्रहरी र स्वयम् सेवकहरुले उद्धारको काम थालेका छन्। प्रहरीका अनुसार मृत्यु हुनेमा ५ महिला र २ पुरुष छन्।

सम्बन्धित समाचार