२०८३ बैशाख २६ गते , शनिबार

गाजामा एकै परिवारका १५ सदस्यको इजरायली हमलामा मृत्यु

sajilo news
एजेन्सी
२०८१ भाद्र १ गते , शनिबार
गाजामा एकै परिवारका १५ सदस्यको इजरायली हमलामा मृत्यु

गाजापट्टी । गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान इजरायली हवाई आक्रमणमा नौ बालबालिका र तीन महिलासहित प्यालेस्टिनी परिवारका १५  सदस्यको मृत्यु भएको बताएको छ ।  मध्य गाजाको अल–जावैदामा रहेको अज्लाह परिवारको घरमा आक्रमण भएको नागरिक सुरक्षा प्रवक्ता महमुद बस्सलले बताए ।

इजरायली सेनाले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन ।  “अल–जावैदाको अज्लाह परिवारको घर र गोदाममा भएको इजरायली आक्रमणबाट १५ जनाको मृत्यु भएको छ”, बस्सलले भने ।

उद्धारकर्ताहरूले आक्रमणबाट क्षतिग्रस्त घरको भग्नावशेषबाट शव निकाल्दा अहमद अबु अल–घौलले भने,“तिनवटा रकेटहरू सिधै घरमा खसेको थियो । भित्र बालबालिका र महिलाहरू थिए ।उनीहरुको के दोष थियो ?” इजरायल र हमासबिच १०  महिना भन्दा बढी चलिरहेको युद्धले गाजाको विशाल भूभागलाई भग्नावशेष बनाएको छ । 

सम्बन्धित समाचार