२०८३ बैशाख २६ गते , शनिबार

रुसमा ७ म्याग्निच्यूडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

sajilo news
एजेन्सी
२०८१ भाद्र २ गते , आईतबार
रुसमा ७ म्याग्निच्यूडको भूकम्प, क्षतिको विवरण आउन बाँकी

रुसमा शक्तिशाली भूकम्प महशुस गरिएको छ । स्थानीय समयानुसार आइतबार बिहान ७ म्याग्निच्यूडको भूकम्प गएको सीएनएनले जनाएको छ।

रुसको सुदूरपूर्वमा रहेको कामचटका प्रायद्वीपको तटलाई केन्द्रविन्ु बनाएर भूकम्प गएको हो। भूकम्पपछि ज्वालामुखी विस्फोट भएको सञ्चारमाध्यमले जनाएको छ।

भूकम्पबाट पुगेको क्षतिको विवरण प्राप्त भइनसकेको समाचारमा जनाइएको छ। भूकम्पपछि अमेरिकाले सुनामीको चेतावनी जारी गरे पनि रुसी आपतकालीन मन्त्रालयले भने त्यसलाई नकारेको छ।

सम्बन्धित समाचार