२०८३ बैशाख २६ गते , शनिबार

विमानस्थलमा कैंची हराएपछि जापानमा ३६ उडान रद्द

sajilo news
बीबीसी
२०८१ भाद्र ५ गते , बुधबार
विमानस्थलमा कैंची हराएपछि जापानमा ३६ उडान रद्द

टोकियो ।  जापानमा बोर्डिङ गेट नजिकैको पसलमा राखिएको कैंची हराएपछि जापानी विमानस्थलमा ३६ उडान रद्द गरिए भने २०१ उडानमा ढिलाइ भएको थियो।

सोही कारण शनिबार बिहान होक्काइडोको नयाँ चितोसे विमानस्थलको आन्तरिक टर्मिनलको सुरक्षा जाँच दुई घण्टाका लागि स्थगित भएको थियो । जसका कारण सयौं यात्रु अलपत्र परेका छन् ।

प्रस्थान लाउन्जमा उपस्थित यात्रुहरूलाई फेरि सुरक्षा जाँच गर्न भनिएको थियो। त्यसले यात्रुको लामो लाइन बनेको थियो। अधिकारीहरूले बेपत्ता कैंची पत्ता लगाउन प्रयास गरे तर फेला पार्न सकेनन्। तर, भोलिपल्ट सोही पसलमा कैंची भेटियो ।

जसका कारण जापानको वार्षिक बोन पर्व मनाएर स्वदेश फर्कने यात्रुले निकै समस्या भोग्नुपरेको छ । यी यात्रुहरूमध्ये एकले भने,'हामीसँग पर्खनुको अर्को विकल्प थिएन। तर मलाई लाग्छ एयरलाइन्स अलि होसियार हुनुपर्छ।'

सम्बन्धित समाचार