अर्जुनधारा जलेश्वरधाममा श्रावणी पर्वमा १७ लाख ५२ हजार रुपैयाँ संकलन
पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा–७ स्थित अर्जुनधारा जलेश्वरधाममा श्रावणी पर्वको आय–व्यय विवरण सार्वजनिक गरिएको छ ।
मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष मनोज जोशीका अनुसार श्रावणी पर्वको जम्मा आम्दानी १७ लाख ५२ हजार नौ सय ३१ रुपैयाँ, खर्च दुई लाख ९५ हजार सात सय ७५ रुपैयाँ र जम्मा बचत १४ लाख ५७ हजार एक सय ५६ रुपैयाँ रहेको छ ।
जसअनुसार आम्दानीतर्फ नगदी रसिदबाट आठ लाख ८२ हजार एक सय २० रुपैयाँ, मन्दिर भेटीबाट पाँच लाख ६९ हजार पाँच सय ८१ रुपैयाँ, भूमि दानबाट एक लाख पाँच सय पाँच रुपैयाँ, अक्षयकोष अन्नदाताबाट ८१ हजार एक सय रुपैयाँ, शीघ्र दर्शन रसिदबाट ७३ हजार पाँच सय रुपैयाँ, मूल मन्दिर रुद्राभिषेकबाट २६ हजार दुई सय रुपैयाँ, गुरुकुल अक्षयकोषबाट १० हजार पाँच सय ५५ रुपैयाँ, आजीवन सदस्यताबाट छ हजार दुई सय रुपैयाँ र व्यास मर्मतबाट तीन हजार एक सय ७० रुपैयाँ रहेका छन् ।
त्यसैगरी खर्चतर्फ पण्डाल निर्माणमा एक लाख २० हजार रुपैयाँ, मूल मन्दिर रुद्राभिषेक पूजा सामग्रीमा दुई लाख रुपैयाँ, अन्य खर्चमा ६० हजार आठ सय ८५ रुपैयाँ, गुरु कर्मचारी दक्षिणामा २४ हजार एक सय रुपैयाँ, मूल मन्दिर पूजा व्यवस्थापनमा २३ हजार एक सय ९० रुपैयाँ, साउन्ड सिस्टममा २२ हजार रुपैयाँ, बाटो तथा पण्डाल मिक्स गिटी १३ हजार छ सय रुपैयाँ, मूल मन्दिर शृङ्गारमा १२ हजार रुपैयाँ रहेका छन् ।