२०८३ बैशाख २४ गते , विहीबार

सिक्किममा सरकारी विज्ञापन र राजपत्र नेपाली भाषा अनिवार्य गरिँदै

sajilo news
एजेन्सी
२०८१ भाद्र ५ गते , बुधबार
सिक्किममा सरकारी विज्ञापन र राजपत्र नेपाली भाषा अनिवार्य गरिँदै

भारतीय सिक्किम राज्यमा नेपाली भाषालाई सरकारी विज्ञापन तथा राजपत्रहरुमा अनिवार्य गरिने भएको छ।  राज्य सरकारको गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै भारतको संविधानमा नेपाली भाषा सूचीकृत गरिएकाले  त्यसको प्रयोग अनिवार्य गर्ने जनाएको हो। 

‘राज्य सरकारले अब सबै आधिकारिक अधिसूचनाहरु, राजपत्रहरु अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित गर्ने निर्णय लिएको छ‚’ त्यहाँको गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ। 

सन् १९९२ अगस्ट २० मा भारतको संविधानको धारा ३४४ (१)ले नेपाली भाषालाई आठौँ अनुसूचीमा राखेको दिनलाई नेपाली भाषा मान्यता दिवसका रुपमा भारतका नेपालीभाषी नागरिकहरुले मनाउँदै आएका छन्।

सम्बन्धित समाचार