२०८३ बैशाख ९ गते , बुधबार

सूर्यनारायण मन्दिरमा गणेशको मूर्ति स्थापना, भोलि मेची नदी किनारमा गङ्गा आरती हुने

sajilo news
झापा
२०८१ भाद्र २२ गते , शनिबार
सूर्यनारायण मन्दिरमा गणेशको मूर्ति स्थापना, भोलि मेची नदी किनारमा गङ्गा आरती हुने

भद्रपुर । भद्रपुर नगरपालिका- ५ देवीवस्तीस्थित सूर्यनारायण मन्दिरमा भगवान् गणेशको मूर्ति स्थापना गरिएको छ । शनिबार गणेश चतुर्थी पर्वको अवसरमा सूर्यनारायण मन्दिरमा भगवान् गणेशको मूर्ति स्थापना गरिएको भद्रपुर ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले जानकारी दिए । भगवान् गणेशको विशेष पूजाअर्चना पश्चात् मूर्ति स्थापना गरिएको उनले बताए ।

साथै सोही अवसरमा मेची नदी किनारमा भोलि (आइतबार) साँझ साढे ५ बजे गङ्गा आरती समेत गरिने जनाइएको छ । काठमाडौँको पशुपतिनाथ मन्दिरबाट चार जना पुजारीको टोलीले मेची नदी किनारमा आएर पहिलो पटक गङ्गा आरती गर्न लागेको उनको भनाई छ । नदी किनारमा हुने आरतीलाई भव्य बनाउन विभिन्न सङ्घसंस्था तथा प्रहरी कर्मचारीहरूले शनिबार बिहान सरसफाइ गरेका थिए । 

युनिक समूह भद्रपुरले २०७९ कार्तिक १३ गते छठ पूजाका दिन मेची नदी किनारमा स्थायी सूर्य भगवानको मूर्तिसहित मन्दिर निर्माण स्थापना गरेको थियो । वडा कार्यालयको ५ लाख बजेट र बाँकी अपुग रकम विभिन्न दाताहरूबाट सङ्कलन गरी श्रमदानबाट मन्दिर निर्माण गरेका थिए ।  

सम्बन्धित समाचार