२०८३ बैशाख ५ गते , शनिबार

बिर्तामोडको कृषि थोक बजारमा बिक्रीका ल्याइएको काँचो केरामा विषादीको मात्रा उच्च

sajilo news
झापा
२०८१ भाद्र २६ गते , बुधबार
बिर्तामोडको कृषि थोक बजारमा बिक्रीका ल्याइएको काँचो केरामा विषादीको मात्रा उच्च

इलामको दानाबारीबाट विक्रीका लागि बिर्तामोडस्थित कृषि थोक बजारमा ल्याइएको ७० घरी काँचो केरामा विषादीको मात्रा उच्च भएको फेला परेको छ । विषादीको मात्रा उच्च भएपछि उपभोग गर्न अयोग्य भएको छ ।

आज विषादी अवशेष विश्लेषणका क्रममा काँचो केरा उपभोग अयोग्य फेला परेको हो । विषादीको मात्रा उच्च भएपछि नष्ट गर्ने तयारी गरिएको छ । कतिपयले केही दिन राखेर पुनः परीक्षण गर्न भनेका छन् ।

दानाबारीका कमल मगरले ल्याएको काँचो केरामा कार्वामेट ५३.१११० र अर्गानो फस्फेट ३२.४४२० प्रतिशत भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई बिर्तामोडले जनाएको छ ।

प्रयोगशालाका अनुसार ४५ प्रतिशत भन्दामाथि विषादी भेटिए नष्ट गर्नुपर्ने हुन्छ । मगरकै केही काँचो केरा भने उपभोगका लागि पर्खनुपर्ने भनिएको छ । पर्खनुपर्ने काँचो केरामा कार्वामेट ४४.७६ प्रतिशत र अर्गानो फस्फेट २७.६७ प्रतिशत भेटिएको बताइएको छ ।

सम्बन्धित समाचार