२०८३ बैशाख ९ गते , बुधबार

भद्रपुरको कलवलगुडीमा शिव मन्दिरको उद्घाटन

sajilo news
रेवतीराज घिमिरे
२०८१ भाद्र २९ गते , शनिबार
भद्रपुरको कलवलगुडीमा शिव मन्दिरको उद्घाटन

भद्रपुर ।  भद्रपुर- १० कलवलगुडीस्थित नागेश्वर ज्योतिलिङ्ग कल्पेश्वर देउनियाधाम काली मन्दिरसँगै जोडिएको नवनिर्मित शिव मन्दिरको शनिवार उद्घाटन गरिएको छ । नेपाल गौ संरक्षण समिति झापाको अगुवाइमा गतबर्ष शिलान्यास गरिएको मन्दिरको समाजसेवी तथा यसै क्षेत्रका ९६ वर्षीय ज्येष्ठ भरतकुमार सुवेदीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा निर्माण समितिका कोषाध्यक्ष डिल्ली दुलालले प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न दाताहरूबाट २३ लाख ६ हजार १ सय ६७ रुपैयाँको लागतमा पक्की मन्दिरको निर्माण गरिएको बताए । कार्यक्रममा ज्येष्ठ समाजसेवी सुवेदीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । समिति अध्यक्ष दुर्गाप्रसाद पाठकको अध्यक्षयता तथा सचिव कृष्णप्रसाद पाठकले सञ्चालन गरेको कार्यक्रममा देवेन्द्र गौतम, भेलागडी वन समिति सचिव लगायतका स्थानीयको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार