२०८३ बैशाख २२ गते , मंगलबार

दिल्लीका मुख्यमन्त्री केजरीवाल राजीनामा दिँदै

sajilo news
एजेन्सी
२०८१ आश्विन १ गते , मंगलबार
दिल्लीका मुख्यमन्त्री केजरीवाल राजीनामा दिँदै

भारतको दिल्लीका मुख्यमन्त्री केजरीवालले मदिरा घोटाला प्रकरणमा जमानत प्राप्त हुनासाथ आज पदबाट राजीनामा दिने भएका छन्।  

गत २१ मार्चमा गिरफ्तार भएर लामो समय तिहाड जेलमा बिताएका केजरीवालले आज राजीनामा दिन लागेका हुन्। उनको आम आदमी पार्टीले केजरीवालले अब जनताबाट इमान्दारिताको प्रमाणपत्र लिएर मात्रै पदमा फर्किने बताएको छ। 

केजरीवालले दुई दिनअघि राजीनामाको घोषणा गरिसकेका छन्। आम आद्मी पार्टीले आजै नयाँ मुख्यमन्त्रीको नाम चयन गर्नेछ। केजरीवाल पत्नी सुनिता केजरीवाल मुख्यमन्त्री बन्ने चर्चा भइरहे पनि सम्भावना भने कम रहेको बीबीसीले जनाएको छ। 

नयाँ मुख्यमन्त्रीका रुपमा सुनितासहित आतिशी सिंह, गोपाल राय तथा कैलाश गहलोतको चर्चा भइरहेको छ। आम आद्मी पार्टीले मदिरा घोटालाको झुटो आरोपमा भाजपा सरकारले केजरीवाललाई सिध्याउने षड्यन्त्रण गरिरहेको आरोप लगाउने गरेको छ।

सम्बन्धित समाचार