२०८३ बैशाख ३ गते , विहीबार

भोलिदेखि भद्रपुरमा साङ्गीतिक साँझसहितको 'पब एन्ड बुज' सञ्चालनमा आउँदै

sajilo news
पार्थ मण्डल
२०८१ आश्विन १६ गते , बुधबार
भोलिदेखि भद्रपुरमा साङ्गीतिक साँझसहितको 'पब एन्ड बुज' सञ्चालनमा आउँदै

भद्रपुर । पिज्जा एन्ड बर्गर हाउस सञ्चालनमा ल्याएका युवा व्यवसायीहरूकै टिमले भद्रपुरमा पहिलो पटक 'पब एन्ड बुज' सञ्चालन ल्याउँदैछ ।  युवा व्यवसायीहरू सुविन खडका, विनेश शर्मा, शंकर पन्त र मनोज कार्कीको संयुक्त लगानीमा भद्रपुर नगरपालिका–५ स्थित बसपार्क नजिकै  पिज्जा हाउसको माथिल्लो तलमा घटस्थापनाको अवसरमा भोलि बिहीबारदेखि पब एन्ड बुज सञ्चालनमा आउन लागेको हो । 

उनीहरूले पिज्जा हाउस खोलेको १० महिनाभित्रै साङ्गीतिक साँझसहितको पब एन्ड बुज सञ्चालनमा ल्याउन लागेको हो । पब एन्ड बुजले कराओके, लाइभ सङ्गीत,  स्वादिष्ट ककटेल, पार्टी रुम लगायतको सेवा दिने सञ्चालक सुविन खडकाले बताए । 

कराओके चाहिँ जिल्लामै पहिलो हो । ‘कराओके रुपमा बसेर साथीभाइहरूले आफै सङ्गीत गाएर मनोरञ्जन लिन पाउँछ,’ सञ्चालक खड्काले भने । पिज्जा हाउसले यहाँका ग्राहकहरूको मन जित्न सफल भएसँगै पब एन्ड बुजमा लगानी गरिएको उनको भनाई ।  ओझेलमा परेको भद्रपुरमा पब नहुँदा नगरवासीसहित दक्षिणी भेगका जनताहरू बिर्तामोड लगायतका अन्य सहर धाउनुपर्ने बाध्यता थियो । अब  त्यो समस्या पनि टर्ने भएको छ । 

यो पबमा अन्य पब तथा क्लब भन्दा सस्तो र सुलभ दरमा सेवा दिने तयारीमा रहेको उनले बताए । सीमावर्ती नाकासमेत भएकोले भारतीय नागरिक पनि यहाँ आउने विश्वास लिएको अर्को सञ्चालक शंकर पन्तले बताए । ‘हामीले चर्को मुल्य तोकेका छैनौँ, बजारको चलनचल्ती मुल्य नै तोकेका छौँ, कि सामान्य परिवारसमेत यहाँ आउन सक्नु,’ उनले भने । यो पबको क्षमता क्याबिनसहित ८० जनाको रहेको उनको भनाई छ ।   

 

सम्बन्धित समाचार