२०८३ बैशाख २२ गते , मंगलबार

पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या

sajilo news
एजेन्सी
२०८१ आश्विन २५ गते , शुक्रबार
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा हतियारधारी व्यक्तिहरूको समूहले गरेको आक्रमणमा २० जना कामदारको हत्या भएको छ। बलुचिस्तानमा पृथकतावादी लडाकु समूहहरूले नियमित रूपमा प्राकृतिक स्रोत निकासी परियोजनाहरूलाई निशाना बनाउँदै आएको छ। यो पाकिस्तानको सबैभन्दा गरीब प्रान्त हो।

जिल्लाका एक वरिष्ठ सरकारी अधिकारी कलीमुल्लाह काकरले सात जना घाइते भएको बताए। बलुचिस्तानमा धेरै निकासी योजनाहरू विदेशी देशहरू द्वारा संचालित छन्, उक्त योजनाहरूमा सशस्त्र समूहहरूले आक्रमण गर्दै आएको छ।

उग्रवादी समूह बलुच लिबरेसन आर्मी (बीएलए) ले आइतबार राति दक्षिणी कराँचीमा एउटा सवारी साधनको काफिलेमा भएको बम आक्रमणमा दुई चिनियाँ कोइला कारखानाका कामदारको मृत्यु भएको दाबी गरेको छ।

आतङ्ककारीहरूले बलुचिस्तानमा नियमित रूपमा पाकिस्तानका अन्य ठाउँबाट आएका आप्रवासी कामदारहरूलाई निशाना बनाउँछन्।

शुक्रबारको आक्रमण चीन र रुसले स्थापना गरेको क्षेत्रीय समूह शाङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनका सरकार प्रमुखहरूको शिखर सम्मेलनको आयोजना गर्ने केही दिनअघि पाकिस्तानमा भएको हो।

सम्बन्धित समाचार