२०८३ बैशाख २२ गते , मंगलबार
५० वर्षपछि साहारा मरुभूमिमा ठूलो वर्षा
विश्वकै सुख्खा र बाँझो क्षेत्र मानिने अफ्रिकाको सहारा मरुभूमिमा ५० वर्षपछि ठूलो वर्षा भएको छ। दुई दिनको वर्षामा प्रायः बाँझो बालुवाका थुप्रा अहिले डुबेका छन्।
विज्ञहरूका अनुसार जलवायु परिवर्तन र असामान्य मौसमका कारण यस्तो अवस्था आएको हो। विगत ५० वर्षमा पहिलोपटक सहारा मरुभूमिमा यति छोटो अवधिमा यति धेरै पानी परेको मौसमविद्ले बताएका छन्। नासाको स्याटेलाइट तस्बिरले विगत ५० वर्षदेखि सुक्खा रहेको इरिकी तालमा पानी भरिएको देखाएको छ।
यसअघि सन् १९७४ मा सहारा मरुभूमिमा ६ वर्षको खडेरीपछि पानी परेको थियो। वैज्ञानिकहरूले अबको १५ सय वर्षमा सहारा मरुभूमिमा हरियाली छाउने अनुमान गरेका छन्। ९२ लाख वर्ग किलोमिटर क्षेत्रफल रहेको सहारा विश्वको सबैभन्दा ठूलो मरुभूमि हो।