२०८३ बैशाख ३ गते , विहीबार

बिर्तामोडमा बिक्रीका लागि ल्याइएको टमाटरमा अत्यधिक विषादी, उपभोग गर्न अयोग्य

sajilo news
झापा
२०८१ कार्तिक ६ गते , मंगलबार
बिर्तामोडमा बिक्रीका लागि ल्याइएको टमाटरमा अत्यधिक विषादी, उपभोग गर्न अयोग्य

बिर्तामोड । बिर्तामोडस्थित कृषि थोक बजारमा विक्रीका लागि ल्याइएको गोलभेँडा (टमाटर)मा अत्यधिक विषादी भएको पुष्टि भएको छ । इलामबाट आयात गरिएको गोलभेँडामा विषादीको मात्रा उच्च भएपछि उपभोग अयोग्य भएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई बिर्तामोडले जनाएको छ ।

कृषि थोकका व्यवसायी मनिष शाहले आयात गरेको गोलभेँडामा ५६.८२१५ अर्गानो फस्फेट देखिएको प्रयोगशालाले जनाएको छ । विषादी परीक्षणमा ४५ भन्दा माथि देखिएमा डिस्पोज गर्ने गरिन्छ । ३ क्यारेट टमाटरमा विषादीको मात्रा अत्यधिक देखिएपछि डिस्पोजको तयारी गरिएको बताइएको छ । यसअघि दानावारिबाट आयात गरिएको काँचो केरामा पनि अत्यधिक विषादीको मात्रा फेला परेको थियो ।

सम्बन्धित समाचार