२०८३ बैशाख ८ गते , मंगलबार

राष्ट्र बैंकबाट धनतेरसका लागि मंगलबार मात्रै सुनको असर्फी बिक्री हुने

sajilo news
झापा
२०८१ कार्तिक ९ गते , शुक्रबार
राष्ट्र बैंकबाट धनतेरसका लागि मंगलबार मात्रै सुनको असर्फी बिक्री हुने

नेपाल राष्ट्र बैंकले धनतेरसको लागि आगामी कात्तिक १३ गते मंगलबार (एक दिन) मात्रै सुनका असर्फी बिक्री गर्ने भएको छ। सर्वसाधारणले खरिद गर्न पाउने यो सुनको असर्फी २.५ ग्रामको हुनेछ। मंगलबार बिहान ११ बजेदेखि बिक्री खुला हुनेछ। मौज्दात बाँकी रहेमा ४ बजेसम्म बिक्री खुला रहनेछ।
चाँदीको स्मारिका तथा मेडालियन भने कात्तिक ११ गतेदेखि १४ गतेसम्म बिक्री हुने भएको छ। प्रतिव्यक्तिले अधिकतम पाँच थानसम्म चाँदीका सिक्का किन्न पाउने भएका हुन्।
गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम, लक्ष्मी अंकित १० ग्राम, गणेश अंकित १० ग्राम र गजलक्ष्मी अंकित १० ग्राम गरी पाँच थान सिक्का किन्न पाइने भएको हो।
यस वर्षबाट चाँदीका मेडालियनको मूल्य समेत बढेको राष्ट्र बैंकले उल्लेख गरेको छ। प्रतिसिक्का तथा मेडालियनको दुई सयदेखि ६ सय ५० रूपैयाँसम्म मूल्य बढेको छ।
यसपालि कात्तिक १३ गते धनतेरस परेको छ। कात्तिक १४ गते पनि धनवन्तरी रहेको उल्लेख छ। धनतेरस तथा धनवन्तरीमा सुन, चाँदी लगायतका वस्तुहरूको किनमेल गरिने चलन छ।

सम्बन्धित समाचार