२०८३ बैशाख ३ गते , विहीबार
रामप्रसाद लक्षेन्द्र टेक्निकल इन्स्टिच्युटमा विद्यार्थी र शिक्षकबीच शुभकामना आदानप्रदान
भद्रपुर । ल्याब टेक्नोलोजीमा अध्ययनरत विद्यार्थीहरूले शुभ दीपावली, नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
भद्रपुर-७ कोलोनी मार्गस्थित रामप्रसाद लक्षेन्द्र टेक्निकल इन्स्टिच्युटमा अध्ययनरत विद्यार्थीहरूले मंगलबार एक कार्यक्रमका बीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको हो ।

सो कार्यक्रममा सहभागी विद्यार्थीहरूले शुभ दीपावली अवसरमा देउसी भैलो, गीत, नृत्य तथा कविता वाचन गरेका थिए । रामप्रसाद लक्षेन्द्र टेक्निकल इन्स्टिच्युटका अध्यक्ष डा. सञ्जय साहका अध्यक्षतामा भएको कार्यक्रममा शिक्षकहरू अमर बज्राचार्य, जयनारायण मित्रुका, शिवसुन्दर यादव, बिशोभा थापा, देवी सुवेदी, लक्ष्मण साह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन भूमिका शर्माले गरेकी थिइन् ।
