२०८३ बैशाख २० गते , आईतबार

स्पेनमा बाढीबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो, दर्जनौं मानिस बेपत्ता

sajilo news
एजेन्सी
२०८१ कार्तिक १५ गते , विहीबार
स्पेनमा बाढीबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो, दर्जनौं मानिस बेपत्ता

स्पेनमा भीषण बाढीका कारण ९५ जनाको मृत्यु भएको छ। बाढीमा परी दर्जनौं मानिस बेपत्ता भएका छन्। मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ। पूर्वी प्रान्त भ्यालेन्सिया र त्यस आसपासका क्षेत्रमा भएको मुसलधारे वर्षापछि बाढी आएको हो। 

बाढीबाट कयौँ पुललगायतका भौतिक संरचना ध्वस्त भएका छन्। बाढी पहिरोले ठूलो मानवीय क्षति भएपछि प्रधानमन्त्री पेड्रो सान्चेजले तीन दिनका लागि शोक घोषणा गरेका छन्। बाढी पछिल्लो एक दशकयताकै घातक मानिएको छ। 

स्पेनमा सन् १९७२ मा भएको घातक वर्षापछि १ सय ५० जनाको मृत्यु भएको थियो। त्यसयता एउटै घटनामा मृत्यु हुनेको संख्या यसपटक सबैभन्दा ठूलो रहेको समाचारहरुमा जनाइएको छ। 
 

सम्बन्धित समाचार