२०८३ बैशाख ८ गते , मंगलबार

कनकाई ६ मा राजनीतिक दललाई पछि पार्दै स्वतन्त्र उम्मेदवार ओलीको सुरुवाती अग्रता

sajilo news
पार्थ मण्डल
२०८१ मंसीर १६ गते , आईतबार
कनकाई ६ मा राजनीतिक दललाई पछि पार्दै स्वतन्त्र उम्मेदवार ओलीको सुरुवाती अग्रता

झापा । झापाको कनकाई ६ मा वडाअध्यक्ष पदको प्रारम्भिक मतगणना नतिजा भर्खरै सार्वजनिक भएको छ । पछिल्लो ५०१ मतगणना हुँदा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओलीले सुरुवाती अग्रता लिएको छ ।

उनको चुनाव चिन्ह चापाकलमा १६४ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका तुलराम बस्नेतले १२५, नेपाली काँग्रेसका रानगोपाल ओलीले १०४, नेकपा माओवादी केन्द्रका गणेशबहादुर थापाले ८५ र राप्रपाका नारायणप्रसाद निरौलाले ७ मत ल्याएका छन् ।

स्थानीय तह उपनिर्वाचनअन्तर्गत झापाको कनकाई नगरपालिका–६ मा कुल २ हजार ५८ मतदाता रहेकोमा एक हजार ५१३ मत खसेको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । जसमा ८२४ पुरुष र ६८९ महिलाले मतदान गरेका छन् । चम्पापुर माध्यमिक विद्यालयमा रहेको दुई वटा मतदान केन्द्रमध्ये ९क० ७६५ र ९ख० मा ७४८ मत खसेको निर्वाचन अधिकारी नेपालले बताए । 

 

सम्बन्धित समाचार