२०८३ बैशाख ३ गते , विहीबार

भूतपूर्व विद्यार्थी समाजद्वारा महेन्द्ररत्नका विद्यार्थीलाई साइकल वितरण  

sajilo news
झापा
२०८१ मंसीर २९ गते , शनिबार
भूतपूर्व विद्यार्थी समाजद्वारा महेन्द्ररत्नका विद्यार्थीलाई साइकल वितरण  

झापा । भूतपूर्व विद्यार्थी समाज महेन्द्ररत्न माध्यमिक विद्यालय अनारमनी बिर्ताबजारले जेहेन्दार विद्यार्थीहरूलाई साइकल वितरण  गरी प्रथम स्थापना दिवस मनाएको छ ।  बिर्तामोड– ३  बिर्ताबजारस्थित  महेन्द्ररत्न माविमा अध्ययनरत दुईजना छात्रालाई साइकल वितरण गरिएको हो । 

साइकल पाउनेमा  बिर्तामोड–९ कोलाटोली घर भई कक्षा ९ मा अध्ययनरत  गोमा राजवंशी र  बिर्तामोड–१० तेलगानी घर भई  कक्षा ८ मा अध्ययनरत  पवित्रा बोहोरा रहेका छन् ।  टाढाबाट  विद्यालय धाउन समस्या भएका विद्यार्थीहरूलाई  प्रतीकात्मक रुपमा सो सहयोग गरिएको विद्यार्थी समाजका अध्यक्ष राजकुमार पोखरेलले बताए ।

उनले  विद्यालय र  विद्यार्थीहरूको समस्यामा सघाउ पुर्‍याउनकै लागि  भूतपूर्व विद्यार्थी समाज स्थापना गरिएको  जानकारी दिए ।  विद्यार्थी समाजका अध्यक्ष पोखरेलको अध्यक्षता तथा  विद्यालयका प्रधानाध्यापक खड्गप्रसाद खरेलको प्रमुख आतिथ्यमा  भएको कार्यक्रममा  विद्यार्थी समाजका पदाधिकारी तथा सदस्य , शिक्षक शिक्षिका  र विद्यार्थीहरूको  सहभागिता  रहेको थियो ।  समाजका सदस्य काजी बुढाथोकीले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि  उपाध्यक्ष मदनगोपाल सुब्बाले प्रकाश पारेका थिए ।   विद्यार्थी समाजका  अध्यक्ष पोखरेल र सदस्य  रूपक  थापा गोदारले एक–एकवटा साइकल प्रायोजन गरेका थिए ।  स्थापना भएयता  विद्यार्थी समाजले यस किसिमका रचनात्मक  कार्यहरू निरन्तर गर्दै आएको छ ।   

सम्बन्धित समाचार