२०८३ बैशाख २० गते , आईतबार

अमेरिकामा छात्राले गरिन् गोली हानी दुईजनाको हत्या, ६ विद्यार्थी घाइते

sajilo news
एजेन्सी
२०८१ पौष २ गते , मंगलबार
अमेरिकामा छात्राले गरिन् गोली हानी दुईजनाको हत्या, ६ विद्यार्थी घाइते

अमेरिकाको विस्कन्सिन राज्यको एक विद्यालयमा एक छात्राले गोली हानी दुईजनाको हत्या गरेकी छिन्। ६ विद्यार्थी घाइते भएका छन् ।निजी क्रिश्चियन विद्यालयमा शिक्षक र किशोर विद्यार्थीलाई गोली हानी हत्या गर्ने आक्रमणकारी १७ वर्षीय किशोरी रहेकी छिन्। उनले गोली चलाउनुको कारण खुलेको छैन। 
प्रहरीले परिवारको सहयोगमा ती आक्रमणकारी युवतीमाथि अनुसन्धान गरिरहेको छ। आक्रमणकारी र घाइतेकोहरुको नाम भने खुलाइएको छैन । घटनामा घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ। 

सम्बन्धित समाचार