२०८३ बैशाख २० गते , आईतबार

मुम्बईमा एक सय भन्दा बढी यात्रु बोकेको डुंगा पल्टिँदा १३ जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८१ पौष ४ गते , विहीबार
मुम्बईमा एक सय भन्दा बढी यात्रु बोकेको डुंगा पल्टिँदा १३ जनाको मृत्यु

एक सय जनाभन्दा बढी यात्रु बोकेको डुंगा मुम्बईको तटमा पल्टिँदा १३ जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा भारतीय नौसेनाका एक अधिकृत, दुईजना करारमा कार्यरत कर्मचारी र सर्वसाधारण छन्। अन्यको उद्धार गरिएको छ।

गेटवे अफ इण्डियाबाट एलिफेन्टा टापुसम्म जाँदै गरेको डुंगा दिउँसो सवा ३ बजेतिर दुर्घटना भएको हो। हिन्दुस्तान टाइम्सका अनुसार गेटवे अफ इन्डियाबाट ८.२५ किलोमिटर टाढा रहेको जवाहरद्वीप भन्ने बुचर टापुमा डुङ्गा पल्टिएको हो ।

नौसेनाले गरेको प्रारम्भिक अनुसन्धानले नौसेनाको जहाजको इन्जिन खराब भएको देखाएको छ। महाराष्ट्र राज्यका मुख्यमन्त्री देवेन्द्र फडणवीस र भारतीय नौसेनाले दुर्घटनाको दुई छुट्टाछुट्टै छानबिन गर्न आदेश दिएका छन्।

सम्बन्धित समाचार