२०८३ बैशाख २४ गते , विहीबार

बालिका बलात्कार प्रकरण : बिर्तामोडका पूर्वमेयर शिवाकोटी कारागार चलान

sajilo news
झापा
२०८१ पौष २२ गते , सोमबार
बालिका बलात्कार प्रकरण : बिर्तामोडका पूर्वमेयर शिवाकोटी कारागार चलान

घरेलु कामदारको रुपमा राखिएकी १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बिर्तामोड नगरपालिकाका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटी आज जेल चलान भएका छन् ।

झापा जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो । आज भएको थुनछेक बहसपछि न्यायाधीश नवीनकुमार जोशीको इजलासले शिवाकोटीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको अदालतका स्रेस्तेदार किरणकुमार सिंहले जानकारी दिए ।शिवाकोटीको स्वास्थ्य अवस्थालाई ख्याल गरी स्वास्थ्य उपचारको व्यवस्था गर्न न्यायाधीशको आदेशअनुसार झापा कारागार प्रशासनलाई पत्र पठाइएको सिंहले बताए । हिजो शिवाकोटीसंग बयान लिइएको थियो । शिवाकोटीको पक्षमा अशोक पोखरेल , गजेन्द्र आचार्य , टंक उप्रेती ,बालकुमार कट्वाललगायतका कानुन व्यवसायीहरूले बहस गरेका थिए ।

घरेलु कामदारको रूपमा राखिएकी नाबालिकालाई करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ परेकै दिनदेखि बीएण्डसी अस्पतालमा राखेको थियो । प्रहरीले उनलाई गत मङ्सिर २४ गते पक्राउ गरेको थियो ।

सम्बन्धित समाचार