बिर्तामोड स्मार्ट लेडीद्वारा हल्दिबारीमा ६५ थान स्विटर र टोपी वितरण
बिर्तामोड । विपन्न समुदायको विभिन्न माध्यमबाट सहयोग पुर्याउदै आएको लाइन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले एक विद्यालयका विद्यार्थीलाई स्विटर र टोपी वितरण गरेको छ । झापाको हल्दिबारी- २ स्थित नवसृजना प्राथमिक विद्यालयका ६५ जना विद्यार्थीलाई ४० हजार बढी मूल्य पर्ने स्विटर र टोपी वितरण गरेको हो।
मंगलबार विद्यालयमा आयोजित कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लबका डिस्ट्रिक्ट प्रोटोकल चिफ लायन्स सत्यनारायण शर्मा र हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्गदेनले कमजोर आर्थिक अवस्थाका विद्यार्थीलाई उक्त स्विटर र टोपी लगाएर कार्यक्रमको उद्घाटन गरेका थिए ।
लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीको अध्यक्ष मञ्जु उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हल्दिबारी जेसीजका संस्थापक अध्यक्ष युनिता दवाडी, नव सृजना प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुबहादुर राई लगायतले जाडोबाट सुरक्षित रहन न्यानो पोसाक वितरण गरेर महान् कार्य गरेको भन्दै संस्थालाई धन्यवाद दिएका थिए । सरूँ भुर्तेल खनालले स्वागत गरेको कार्यक्रमको सञ्चालनसहित झन्डा अभिवादन पुनम घिमिरेले गरेकी थिइन् ।