२०८३ बैशाख २४ गते , विहीबार

दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध संगठित अपराध र आपराधिक लाभमा मुद्दा दायर

sajilo news
झापा
२०८१ पौष २४ गते , बुधबार
दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध संगठित अपराध र आपराधिक लाभमा मुद्दा दायर

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध संगठित अपराध र आपराधिक लाभ (एक्सटर्सन)को कसुरमा मुद्दा दर्ता भएको छ। आज बुधवार काठमाडौँ काठमाडौँ जिल्ला अदालतमा उनीहरूविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको हो।

संगठित रुपमा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा दुर्गा प्रसाईं, पाँचथरका हरिचन्द्र फुयल ‘नविन’ र तेह्रथुम घर भई बिर्तामोड बस्ने रामचन्द्र मैनालीविरुद्ध मुद्दा दायर भएको जिल्ला सरकारी वकिल कार्यालयले जानकारी दिएको छ। 

सरकारी वकिल कार्यालयले प्रसाईंसहितका आरोपीहरूलाई संगठित अपराध निवारण ऐन र आपराधिक लाभ लिन नहुने कसुरमा कारबाहीको माग दावी गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरू विरुद्ध अभियोगपत्र दर्ता भएको हो। 

सम्बन्धित समाचार