२०८३ बैशाख २४ गते , विहीबार

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि कुटपिट

sajilo news
झापा
२०८१ माघ ५ गते , शनिबार
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि कुटपिट

नेपाली काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री उद्धव थापामाथि कुटपिट भएको छ । नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारण सभाबाट फर्किँदै गर्दा आज साँझ करिब ७ बजे कनकाई नगरपालिकाको जुकेखाडीनजिक उनीमाथि कुटपिट भएको हो ।

बा १ झ ६५३ नं को गाडीमा आउँदै गरेका थापामाथि बा १ झ १८७० मा सवार समूहले कुटपिट गरेको बताइएको छ । कुटपिटबाट थापा घाइते भएका छन् । उनको आँखा सुन्निएको बताइएको छ । उनलाई उपचारका लागि बिर्तासिटी अस्पतालमा भर्ना गरिएको छ ।

विद्युत् प्राधिकरण सुरुङ्गाका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको बताइएको छ । कुटपिट गर्ने दुई जनालाई पक्राउ गरेको बिर्तामोड प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी ११ का ४९ वर्षीय भक्तबहादुर कटवाल र कनकाई ३ का ४२ वर्षीय पृथ्वी श्रेष्ठ रहेका छन् । अहिले इलाका प्रहरी कार्यालय बिर्तामोडमा सुरक्षा निकायका प्रमुख र दुवै पक्षबीच छलफल चलिरहेको जनाइएको छ ।

सम्बन्धित समाचार