२०८३ बैशाख १२ गते , शनिबार

इरानमा दुई न्यायाधीशको गोली हानी हत्या

sajilo news
एजेन्सी
२०८१ माघ ५ गते , शनिबार
इरानमा दुई न्यायाधीशको गोली हानी हत्या

इरानमा दुई जना न्यायाधीशको गोली हानी हत्या गरिएको छ। तेहरानस्थित सर्वोच्च अदालतका दुई न्यायाधीशलाई शनिबार गोली हानी हत्या गरिएको त्यहाँको सरकारी मिडियाले जानकारी दिएको छ।

अल्जाजीराका अनुसार घटनामा एक जना न्यायाधीश र एक बडीगार्ड घाइते भएका छन्। गोली हान्ने व्यक्तिले आफूलाई पनि गोली हानेर आत्महत्या गरेको एजेन्सीहरूले उल्लेख गरेका छन्।

ती न्यायाधीशहरूलाई के कारणले गोली हानेको हो भन्ने खुलेको छैन। तर उनीहरूलाई ८०-९० को दसकमा इस्लामी शासनको विरोधीहरूको उत्पीडन र हत्या गर्नेहरूमा चिनिन्थे।

सम्बन्धित समाचार