२०८३ बैशाख १२ गते , शनिबार

नाइजेरियामा पेट्रोल ट्यांकर विष्फोट, ७० जनाको मृत्यु

sajilo news
एजेन्सी
२०८१ माघ ६ गते , आईतबार
नाइजेरियामा पेट्रोल ट्यांकर विष्फोट, ७० जनाको मृत्यु

मध्य नाइजेरियामा शनिबार पेट्रोल ट्याङ्कर विस्फोट हुँदा ७० जनाको मृत्यु भएको छ।  ‘अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या ७० पुगेको छ,‘ नाइजर राज्यको फेडरल रोड सेफ्टी कोप्र्स एफआरएससीका प्रमुख कुमार सुक्वामले बताए। 

सुक्वामेले ६० हजार लिटर पेट्रोल बोकेको ट्रक डिक्को जङ्क्शनमा दुर्घटनाग्रस्त भएको बताए।  ‘अधिकांश पीडितहरू चिन्न नसकिने गरी जलेका थिए,‘ सुकुवामले एपी न्यूजलार्ई बताए।  ‘हामी अहिले घटनास्थलमा छौं सबै जानकारी दिन्छौं।’ गम्भीर आर्थिक सङ्कटको बीचमा नाइजेरियामा १८ महिनामा पेट्रोलको मूल्य पाँच गुणा बढेको छ।

सम्बन्धित समाचार