२०८३ बैशाख २४ गते , विहीबार

अधिवक्ता त्रिपाठीलाई कुटपिट गर्ने झापाका सीतादेवी पक्राउ

sajilo news
झापा
२०८१ माघ ७ गते , सोमबार
अधिवक्ता त्रिपाठीलाई कुटपिट गर्ने झापाका सीतादेवी पक्राउ

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि माघ २ गते दिउँसो काठमाडौँको बबरमहलस्थित जिल्ला अदालतअगाडि भएको कुटपिट प्रकरणमा झापाकी एक महिला पक्राउ परेकी छन् ।

माघ २ गते दिउँसो पौने ४ बजे काठमाडौँ जिल्ला अदालतको दक्षिण गेट बाहिर वरिष्ठ त्रिपाठीमाथि भएको कुटपिटमा संलग्न भएर फरारहरूको खोजीका क्रममा प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका– ४ घर भई हाल काठमाडौँको शान्तिनगर बस्ने ५५ वर्षीया शीतल राई भन्ने सीतादेवी राईलाई पक्राउ गरेको हो ।

उनलाई सोमबार नियन्त्रणमा लिएर प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

यस प्रकरणमा यसअघि प्रहरीले दोलखाको तामाकोशी गाउँपालिका–१ स्थायी ठेगाना भई ललितपुरको महालक्ष्मी नगरपालिका–५ टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसीलाई पक्राउ गरिसकेको छ ।
त्यसैगरी हुम्लाको अदानचुली गाउँपालिका–४ घर भई हाल काठमाडौँको सूर्य दर्शन हाइटमा बसोबास गर्ने महानन्द जैसी पनि यस प्रकरणमा पक्राउ परिसकेका छन् ।

सम्बन्धित समाचार