२०८३ बैशाख ३ गते , विहीबार

आदर्श स्कुल अफ म्यानेजमेन्टद्वारा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

sajilo news
झापा
२०८१ माघ ११ गते , शुक्रबार
आदर्श स्कुल अफ म्यानेजमेन्टद्वारा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान

बिर्तामोडस्थित आदर्श स्कुल अफ म्यानेजमेन्टले जेहेन्दार आदिवासी तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । स्कुलले कक्षा ११ होटेल म्यानेजमेन्टतर्फ मानस राजवंशी, सपना राजवंशी र श्रवण हेमरमलाई ५०-५० प्रतिशत र कक्षा १२ बिजनेस स्ट्डिजतर्फ समीर हेमरमलाई सत प्रतिशत छात्रवृत्ति प्रदान गरेको छ ।

शैक्षिक सत्रको सुरुमै घोषणा गरेको छात्रवृत्तिलाई आन्तरिक परीक्षाको नतिजा पछि घोषणा गरिएको कलेजका आउटरिच कोर्डिनेटर दीपक दासले जानकारी दिए । शुक्रबार एक कार्यक्रमबीच राजवंशी विकास समाज समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले छात्रवृत्ति पाउने विद्यार्थीहरूलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

त्यस्तै सोही अवसरमा बिर्तामोड ३ नम्बर वडा कार्यालय र आदर्श स्कुलको संयुक्त आयोजनामा निःशुल्क प्रदान गरेको बारिस्टा तालिममा सहभागी युवाहरू वडाध्यक्ष मदन बुढाथोकीले प्रमाणपत्र वितरण गरेका थिए। कार्यक्रममा युवा सेफ राज पौडेल ,हस्पिटालिटी विज्ञ नीरज श्रेष्ठ, सुरुवाती कोठा नेपालका कोषाध्यक्ष यज्ञराज कडरिया, आदर्शका डाइरेक्टर सन्जोग खरेलले भाक्का दिवसमा खटिएका स्वयंसेवक विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप प्रसंशापत्र प्रदान गरेका थिए । 

सम्बन्धित समाचार