२०८३ बैशाख २४ गते , विहीबार

गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव भेटियो, मावली हजुरबुबा पक्राउ

sajilo news
मोरङ
२०८१ माघ १८ गते , शुक्रबार
गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव भेटियो, मावली हजुरबुबा पक्राउ

विराटनगरमा गाडिएको अवस्थामा १४ वर्षीया बालिकाको शव भेटिएको घटनामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा मावलीतर्फका हजुरबुबा सर्जुक यादव रहेका छन् । मोरङका डीएसपी वेदप्रकाश जोशीका अनुसार घटना शंकास्पद देखिएपछि विराटनगर–५ घर भएका मृतक बालिका चाँदनीका हजुरबुबा सर्जुकलाई नियन्त्रणमा लिएको हो ।

डीएसपी जोशीका अनुसार भारत बिहारको छाप्रा जिल्ला घर भएकी चाँदनी एक महिनाअघि आफ्नै आमा–बुबासँगै मावला घर विराटनगर आएकी थिइन् ।चाँदनीलाई हजुरबुबाको साथमै छाडेर उनका आमाबुबा भारत फर्केका थिए । ५÷६ दिनयता चाँदनी नदेखेपछि स्थानीय गाउँलेले उनको हजुरबुबासँग सोधखोज गरेका थिए । तर सर्जुकले नातिनी आफ्नो घर भारत फर्किसकेको जवाफ दिएका थिए ।यो विषयमा शंका लागेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सोही आधारमा प्रहरीले बालिका चाँदनीको खोजतलास गरेको थियो ।खोजी गर्ने क्रममा सर्जुकको घरभन्दा करिब ३८ मिटर दक्षिणमा रहेको खेतमा चाँदनीको शव गाडिएको अवस्थामा फेला परेको डीएसपी जोशीले बताए ।

सम्बन्धित समाचार