२०८३ बैशाख २४ गते , विहीबार

लागूऔषधसहित झापामा ६ जना पक्राउ

sajilo news
झापा
२०८१ माघ २८ गते , सोमबार
लागूऔषधसहित झापामा ६ जना पक्राउ

झापा जिल्लाको विभिन्न स्थानहरूबाट लागू औषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार हल्दीबारी गाउँपालिका–३ मा प्रहरी चौकी जलथलबाट खटिएको प्रहरी टोलीले लागू औषध बेचबिखन तथा ओसारपसारमा संलग्न हल्दीबारी गाउँपालिका–२ का २२ वर्षीय आशिष् हेमरम, २३ वर्षीय रवि महतो, ३१ वर्षीय सुजन राईलाई ४८० मिलिग्राम ब्राउन सुगर र बा. ४७ प ९८१४ नम्बरको मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।

त्यसैगरी इलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले दमक नगरपालिका–६ बाट इलाम चुलाचुली घर भई हाल दमक–५ स्थित बस्दै आएका २५ वर्षीय रोहित राई र दमक–७ का ३० वर्षीय राजेश राईलाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा १५० चक्की र दमक–८ का २५ वर्षीय प्रतीक श्रेष्ठलाई ट्रामाडोल, स्पास्मो र स्पास्पेन गरी जम्मा २२० चक्कीसहित सोही स्थानबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उता भोजपुरको भोजपुर नगरपालिका–९ बाट लागू औषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरी टोलीले टेम्केमैयुङ गाउँपालिका–२ का २२ वर्षीय कन्चन बस्नेतलाई ट्रामाडोल र स्पास्पेन गरी जम्मा २० चक्की लागू औषधसहित पक्राउ गरेको हो । त्यस्तै भोजपुर नगरपालिका–९ का अनिल राई र उनका दाजु रमेश राईलाई उनीहरूको घर कोठा खानतलासी गर्दा सुत्ने कोठाबाट ट्रामाडोल २ हजार ५० चक्की, स्पासपेन २ हजार ७० चक्की, १२० ग्राम गाँजा र नगद ९७ हजार १० रुपैयाँ बरामद गरेको छ ।

सम्बन्धित समाचार