२०८३ बैशाख १२ गते , शनिबार

दक्षिण कोरियाबाट चार नेपाली निष्काशन

sajilo news
एजेन्सी
२०८१ फाल्गुन ३ गते , शनिबार
दक्षिण कोरियाबाट चार नेपाली निष्काशन

दक्षिण कोरियामा गैरकानुनी रुपमा बसेका थप चारजना नेपालीलाई निष्काशन (डीपोर्ट) गरिएको छ। कोरियामा गैरकानुनी रुपमा बसेका उनीहरूलाई दक्षिण कोरियाको अध्यागमन कार्यालयले पक्राउ गरि नेपाल पठाएको हो।

अध्यागमन स्रोतका अनुसार निष्काशित हुनेमा बिक, मगर, इसार र घिसिङ थरका एक/एक जना नेपाली रहेका छन्। उनीहरू यसैसाता कोरियन एयरलाइन्समार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका हुन्।

पछिल्लो समय गैरकानुनी रुपमा बसोबास गर्ने विदेशीहरूमाथि दक्षिण कोरियाले निगरानी बढाएको छ। अवैधरुपमा बसोबास गर्ने नेपालीहरू पनि त्यहाँको अध्यागमनको निशानामा पर्दै आएका छन्। 

लामो समयदेखि सिओलमा बस्दै आएका एक नेपालीले भने, ‘कागजपत्र नभएका विदेशीहरूमाथि यहाँको अध्यागमन प्रहरीले सोधखोज गर्ने र त्यस्ता विदेशीहरूलाई काम दिने कम्पनीहरूमाथि समेत निगरानी बढाएको छ। कतिपय भिसाको म्याद सकिएपछि पनि काम गरिरहेका हुन्छन्,उनीहरुलाई डीपोर्ट गरिरहेको छ।’ 

इपीएसबाहेक पनि आकर्षक तलब र भाषा परीक्षा बिनै दक्षिण कोरिया जान दलालको प्रलोभनमा परेर धेरै नेपालीहरू त्यहाँ पुग्ने गरेका छन्। दुई महिनाको अवधिमा दक्षिण कोरियाले १५ जनाभन्दा बढी नेपालीलाई निष्काशन गरेको छ।

सम्बन्धित समाचार