२०८३ बैशाख २४ गते , विहीबार

ताप्लेजुङमा छिमेकीले गरे एक युवक हत्या, पाँचथरमा कुटपिटबाट श्रीमान्-श्रीमती घाइते

sajilo news
झापा
२०८१ फाल्गुन ६ गते , मंगलबार
ताप्लेजुङमा छिमेकीले गरे एक युवक हत्या, पाँचथरमा कुटपिटबाट श्रीमान्-श्रीमती घाइते

ताप्लेजुङमा छिमेकीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । फक्ताङलुङ गाउँपालिका–४ इखावुका सुवास लिम्बूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले बताए ।

खुपातालमा रहेको छत्रबहादुर लिम्बूको सुद्ध्याइँ कार्यमा ५६ वर्षीय बृखबहादुर लिम्बूलाई मुक्का प्रहार गरेको र संवेदनशील अंगमा लागेर घाइते भएपछि उपचारका लागि अस्पताल लगिएको थियो । त्यही पीडाले उनको मृत्यु भएको सूचनाका आधारमा पक्राउ गरी कारबाही प्रक्रिया बढाइएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए । उनका अनुसार शवको पोस्टमार्टम गरी परिवारलाई बुझाइएको छ भने जिल्ला अदालतबाट म्याद थपेर सुवासमाथि अनुसन्धान थालिएको छ ।
उनलाई फौजदारी कार्यविधिअनुसार ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

यता पाँचथरमा श्रीमान् श्रीमतीबीच आपसी लडाई हुँदा दुवैजना घाइते भएका छन् । श्रीमानले श्रीमतीलाई ढुङ्गा प्रहार गर्दा श्रीमतीले हसिया प्रहार गरेकी छन् । हिजो बिहान ११ः२५ बजे पाँचथर याङवरक –४निशान मन्दिर टारबारी बस्ने ३६ वर्षीय कमल माबोले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ३२ वर्षीया सृजना माबोलाई ढुंगाले टाउको पछाडिको भागमा हानेर घाइते बनाएका थिए ।

त्यस्तै सृजनाले कमललाई पनि हसियाले बायाँ हातको नाडीमा प्रहार गर्दा सामान्य चोट लागेको छ । दुवै घाइतेलाई स्थानीय चौकी नागीथर्पुमा ल्याई उपचार गरेपश्चात् थप उपचार पाँचथर जिल्ला अस्पतालमा भइरहेको छ ।सृजनाको अवस्था मध्यम रहेको र कमलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार