२०८३ बैशाख २४ गते , विहीबार

लिम्बूलाई कालोमोसो दल्ने बेघा पक्राउ

sajilo news
झापा
२०८१ फाल्गुन ७ गते , बुधबार
लिम्बूलाई कालोमोसो दल्ने बेघा पक्राउ

याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष पदम चेन्जी (मावो लिम्बू) लाई कालोमोसो दल्ने राष्ट्रिय जनमुक्ति पार्टीकी नेतृ सिर्जना बेघा पक्राउ परेकी छन् ।
ताप्लेजुङको पाथीभरामा केबुलकार बन्नु पर्छ भन्ने सामाजिक संजालमा अभिव्यक्ति दिएको भन्दै फागुन ४ गते धरान– २ भानुचौकस्थित सब्जी मण्डी लाइनमा रहेको एच के मेलोडी क्लब रेस्टुरेन्ट एण्ड बारमा लिम्बूलाई एक समूहले कालोमोसो दलेको थियो ।

आज बिहान ६ः३० बजेतिर धरान १३ स्थित अमरहाट अस्थायी प्रहरी बिटले ताप्लेजुङ जाँदै गरेको बोलेरो गाडी रोकेर चेकजाँच गर्दा बेघालाई पक्राउ गरेको हो । उनलाई पक्राउ गरी थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।

सम्बन्धित समाचार