भद्रपुरकाे पृथ्वीनगरमा चिकित्सक सेवासहितकाे क्लिनिक सञ्चालनमा
भद्रपुर । पृथ्वीनगरका बासिन्दालाई लक्षित गरी भद्रपुर- २ स्थित सगरमाथामा चिकित्सक सेवासहितको अनुशका अनुश्रेया मेडिकल हल ( क्लिनिक) सञ्चालनमा आएको छ ।
भद्रपुर- २ का स्थानीय विजयकुमार अधिकारी सञ्चालक रहेको मेडिकलले बुधवार एक संक्षिप्त कार्यक्रम गरी उद्घाटन गरेको छ । कन्सल्टेन्ट फिजिसियन डा. रामकुमार सिटौलाले स्थानीय इन्द्रलाल पुरीको स्वास्थ्य जाँच गरी उद्घाटन गरेका थिए । भद्रपुर २ नम्बर वडाध्यक्ष रामबहादुर कडेलकाे प्रमुख आतिथ्यमा भएको कार्यक्रममा
शिवकुमार राजभण्डारी, एनपी सुब्बा, सुरेश गिरी लगायतले यस मेडिकलले गुणस्तरीय स्वास्थ्य सेवा दिनेमा विश्वस्त रहेको बताएका छन् ।
मेडिकलमा कन्सल्टेन्ट फिजिसियन डा.रामकुमार सिटौला, नवजात शिशु तथा बालराेग विशेषज्ञ कुन्दनकुमार यादव, कन्सल्टेन्ट स्त्री तथा प्रसूति रोग विशेषज्ञ एलिजा गौतम र रेडियाेलाेजिष्ट
सुवास अधिकारी लगायतले सेवा दिने सञ्चालक अधिकारीले बताए । साथै भिडियो एक्स-रे, इकाे, रगत, दिशा, पिसाब, खकार तथा वीर्य अत्याधुनिक प्रविधिबाट परीक्षण गरिने उनले बताए । यस क्षेत्रका बिरामीले चिकित्सकसहितको सेवा गाउँघरमा नपाउँदा भद्रपुर, बिर्तामोड लगायतको सहरमा धाउनु पर्ने बाध्यतालाई मध्यनजर गरी सुविधा सम्पन्न क्लिनिक सञ्चालनमा ल्याएको उनको भनाइ छ ।