२०८३ बैशाख ५ गते , शनिबार

गायत्री माता मन्दिरको व्यवस्थापन तथा सल्लाहकार समिति गठन

sajilo news
झापा
२०८१ फाल्गुन १० गते , शनिबार
गायत्री माता मन्दिरको व्यवस्थापन तथा सल्लाहकार समिति गठन

बिर्तामोड- ५ मा निर्मित गायत्री माता मन्दिर सेवा समितिले संरक्षक सहित व्यवस्थापन समिति र सल्लाहकार समिति गठन गरेको छ ।
झापामै पहिलो पटक पाँच दिवसीय अनुष्ठानका साथ माताको प्राण प्रतिष्ठा  र मन्दिरको उद्घाटनसँगै त्यसको व्यवस्थापन, सञ्चालन र रेखदेखका लागि संरक्षक सहितको व्यवस्थापन समिति निर्माण गरिएको हो । मन्दिर निर्माण समितिका संयोजक रौनक वंशल सहित बिर्तामोड नगरपालिका प्रमुख, उपप्रमुख , वडा नम्वर ५ का वडाध्यक्ष, इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ल ट्राफिक प्रहरी कार्यालय झापा, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प शनिश्चरेका प्रमुखलाई मन्दिरको संरक्षक बनाइएको छ भने ३१/३१ सदस्यीय व्यवस्थापन समिति र सल्लाहकार समिति तयार गरिएको छ ।
मन्दिर निर्माण समितिका संयोजक वंशलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र प्रसाद सङ्ग्रौला , बिर्तामोड वडा नम्बर ५ का वडाध्यक्ष रोहित प्रसाईँ , नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, अर्जुनधारा जलेश्वर धामका अध्यक्ष नवीन गट्टानी लगायतका विशिष्ट व्यक्तिको उपस्थितिमा बसेको बैठकले विवेक अग्रवालको संयोजकत्वमा ३१ सदस्यीय व्यवस्थापन समिति गठन गरेको हो ।
त्यस्तै सहसंयोजक सुजित अग्रवाल, सचिवमा मनोज वजाज र कोषाध्यक्ष  राजेश अग्रवाल चयन भएका छन् । मन्दिर व्यवस्थापन समितिको सदस्यहरूमा मुकेश अग्रवाल, विकास अग्रवाल, सुमित अग्रवाल, विजय सिङ्गल, श्याम वंशल, मनोज वंशल, तारा श्रेष्ठ, रमा खनाल, टङ्कप्रसाद खनाल, अजय कलवार, शत्रुघन गुप्ता रौनियार, अशोक चौधरी, श्याम अग्रवाल, नीरज वंशल, मनिष पोद्धार, सतिष अग्रवाल, अभिषेक अग्रवाल, रवि वंशल, अनमोल सिङ्गल, रवि शर्मा, साहिल जोधानी, टेकेन्द्र अग्रवाल, नरेश मित्तल, विशाल गोयल , प्रयागचन मित्तल, रितेश अग्रवाल, कौशल अग्रवाल चयन भएका छन् ।
यता सल्लाहकार समितिमा उमेश डालमिया, निर्मल भट्टराई , राजु न्यौपाने , कुशल खतिवडा ,सुरेश कुमार अग्रवाल ‘भद्रपुरे’, मोहन मित्तल, प्रशान्त भण्डारी, एकराज गिरी, मेघराज बास्तोला,नवीन कुमार गोयल,नवीन गट्टानी,सुवास भट्टराई,सजेश शिवाकोटी,विष्णुकुमार निरौला,राजकुमार गुप्ता,पार्वता खरेल बिमली, स्वस्तिका आचार्य,निलम अग्रवाल,दिनेश श्रेष्ठ,निशा गुप्ता, वेद प्रकाश वंशल, विनोद वंशल ,सुशील अग्रवाल ‘सीए’,शुभ कुमाईं पाठक, अनुज मारु,शिवकुमार अग्रवाल,दीपचन्द साहेवाला,पप्पु वंशल,रजनिश कर्नानी,महेश चितलाङ्गिया र  यज्ञराज अग्रवाल चयन भएका छन् ।
बैठकमा दाताको नामावली सहित मन्दिर निर्माणका क्रममा भएको आय व्ययको विवरण केही दिनमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिने मन्दिर निर्माण समितिका संयोजक वंशलले बताए ।
मन्दिर दाताको सहयोग सहित बिर्तामोड नगरपालिका र प्रदेश सरकारको अढाई करोड रुपैयाँको लगानीमा निर्माण भएको हो ।
मन्दिर उद्घाटन अघि गत माघ १७ गतेबाट मन्दिर परिसरमा आयोजित अनुष्ठानको उद्घाटन प्रतिनिधि सभा नेपालका सभामुख देवराज घिमिरेले गरेका थिए भने माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहन शरण देवाचार्य महाराजबाट विशेष प्रवचनको आयोजना गरिएको थियो । त्यस्तै माघ २१ गते विशेष कार्यक्रमका बीच माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए ।

सम्बन्धित समाचार