२०८३ बैशाख ४ गते , शुक्रबार

भद्रपुरमा अपाङ्गता भएका व्यक्तिहरूको पालिकास्तरीय संस्था गठन

sajilo news
झापा
२०८१ फाल्गुन २० गते , मंगलबार
भद्रपुरमा अपाङ्गता भएका व्यक्तिहरूको पालिकास्तरीय संस्था गठन

झापा । भद्रपुरमा अपाङ्गता भएका व्यक्तिहरूको पालिका स्तरीय संस्था गठन गरिएको छ । भद्रपुर नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच धनजुजु श्रेष्ठको अध्यक्षतामा १३ जना संस्था गठन गरिएको हो । संस्थाका उपाध्यक्षमा प्रदीप राजवंशी, सचिवमा भक्तबहादुर परियार, सहसचिवमा भीमकुमारी श्रेष्ठ, कोषाध्यक्षमा बबिता राई रहेका छन् । त्यस्तै सदस्यहरूमा कृष्णप्रसाद गेलाल, पुनम पौडेल, पुष्प पोखरेल, फुलमुनी मुर्म र महेशकुमार दुलाल रहेका छन् । 

कोशी प्रदेश सरकार, स्थानीय तह र करुणा फाउन्डेसन नेपालको त्रिपक्षीय लागत साझेदारीमा सञ्चालन भएको अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गतको पालिका स्तरीय संस्था ओपिडी गठन गरिएको हो । स्थानीय अपाङ्गता समन्वय समितिका संयोजक तथा नगर उपप्रमुख राधा कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूलाई सङ्गठित गर्दै उनीहरूको जीवनयापनका लागि पैरवी गर्ने उद्देश्यले उक्त समिति गठन गरिएको जनाइएको छ । 

कार्यक्रममा स्वागत मन्तव्य साथै कार्यक्रमको उद्देश्य बारे सामाजिक विकास शाखा प्रमुख जीवनकला राउतले जानकारी गराएकी थिइन । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला,  ६ नम्बर वडाअध्यक्ष रतिया राजवंशी, सामाजिक विकास समिति संयोजक सिता गुरागाईँ लगायतले मन्तव्य राखेको कार्यक्रमको सञ्चालन नरेन्द्र प्रधानले गरेका थिए । 

सम्बन्धित समाचार