२०८३ बैशाख २४ गते , विहीबार

चन्द्रगढी विमानस्थलमा बुद्ध चित्तको दानासहित एक पक्राउ

sajilo news
झापा
२०८१ फाल्गुन २२ गते , विहीबार
चन्द्रगढी विमानस्थलमा बुद्ध चित्तको दानासहित एक पक्राउ

भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट बहुमूल्य बुद्ध चित्तको दानासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा 

काभ्रे जिल्ला तिमल गाउँपालिका–६ का ५५ वर्षीय सानुबाबु तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहीबार दिउँसो ३ बजे चन्द्रगढी विमानस्थलबाट बुद्ध एयर जहाज चढेर काठमाडौँ जान लागेका तामाङलाई सुरक्षा चेकजाँच गर्ने क्रममा बुद्ध चित्तको दाना करिब ६ केजी (११० वटा उनेको माला र ३ वटा हातमा लगाउने माला) र करिब १५.८२० केजी बुद्ध चित्तको खुल्ला दाना फेला परेको थियो ।

उनको साथबाट नेपाली रुपैयाँ, भारतीय रुपैयाँ,अमेरिकी डलर,भुटानको रकम र चीनको रकम समेत बरामद भएको छ ।  उनलाई पक्राउ गरी डिभिजन वन कार्यालय झापाको जिम्मा लगाइएको  प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार