२०८३ बैशाख २४ गते , विहीबार

भद्रपुर नाकाबाट मलद्वारभित्र ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा एक पक्राउ

sajilo news
झापा
२०८१ फाल्गुन २७ गते , मंगलबार
भद्रपुर नाकाबाट मलद्वारभित्र ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा एक पक्राउ

भद्रपुर नाकाबाट मलद्वारभित्र ब्राउन सुगर लुकाएर ल्याउँदै गर्दा एकजना पक्राउ परेका छन् । सोमबार साँझ ५ बजे भद्रपुर नगरपालिका –५ मेची बिटबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट भद्रपुरतर्फ आउँदै गरेका पैदल यात्री पाँचथर फिदिम नगरपालिका वडा न। ४ बस्ने २० वर्षीय पारस राजवंशी लागू औषधसहित पक्राउ परेका थिए ।

चेकजाँच गर्ने क्रममा राजवंशीले मलद्वारभित्र प्लास्टिकले पोका पारी लुकाएर ल्याउँदै गरेको ५ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ ।

सम्बन्धित समाचार