२०८३ बैशाख २४ गते , विहीबार

होली खेल्न बोलाएर युवतीमाथि सामूहिक बलात्कार

sajilo news
झापा
२०८१ चैत्र २ गते , शनिबार
होली खेल्न बोलाएर युवतीमाथि सामूहिक बलात्कार

उदयपुरमा होली खेल्न बोलाएर युवतीलाई सामूहिक बलात्कार गर्ने दुई युवक पक्राउ परेका छन् । बिहीबार साँझ ७ बजे १७ वर्षीया युवतीलाई उदयपुर रौतामाई गाउँपालिका-६ निगाले बस्ने २७ वर्षीय निलम भन्ने तिलकबहादुर अधिकारी र ३८ वर्षीय दीपक राउतले घरमा होली खेल्न बोलाइ धाक धम्कीसमेत दिएर जवर्जस्ती करणी गरेका थिए ।

पीडित युवतीले जाहेरी दिएपछि गएराति ९ः३० बजे प्रहरीले दुवैलाई पक्राउ गरेको हो । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय उदयपुर ल्याई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार