२०८३ बैशाख २४ गते , विहीबार
झापा गाउँपालिकामा ब्राउन सुगरसहित दुई युवक पक्राउ
झापा गाउँपालिकामा ब्राउन सुगरसहित बिर्तामोडका दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका- ४ हर्कलाल मार्ग बस्ने २२ वर्षीय मन्दिप सुनार र पुरानो सगरमाथा टोल बस्ने १९ वर्षीय अभिशेख शाह रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल बीओपी टाघनडुब्बाबाट खटिएको टोलीले झापा गाउँपालिका- ४ गरमथान सीमा इलाकामा शनिबार साँझ ७:४५ बजेको समयमा भारतबाट मे ७ प ५०७८ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनीहरूलाई शंका लागेर चेकजाँच गर्दा मोटरसाइकल चालक शाहको साथबाट १ ग्राम ९६० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो । लागू औषध र मोटरसाइकलसहित उनीहरूलाई आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा बुझाइएको छ ।