२०८३ बैशाख २२ गते , मंगलबार

बिर्तामोडमा ब्राउन सुगर बिक्री गर्दागर्दै युवती पक्राउ

sajilo news
झापा
२०८१ चैत्र १७ गते , आईतबार
बिर्तामोडमा ब्राउन सुगर बिक्री गर्दागर्दै युवती पक्राउ

बिर्तामोड बसपार्कमा लागूऔषध बिक्री गर्दागर्दै एक युवती पक्राउ परेकी छन् । आज बिहान ६ः३० बजे अर्जुनधारा नगरपालिका-११ नयाँ बसपार्कमा लागूऔषध बिक्री भइरहेको सूचनाको आधारमा प्रहरी टोलीले ताप्लेजुङ मेरीङदेन-२ बस्ने वर्ष १९ की वर्षा केदेमलाई पक्राउ गरेको हो ।

उनको शरीर खानतलासी गर्दा प्लास्टिकमा पोका पारी राखेको २ ग्राम ९८० मिलिग्राम बाउन सुगर फेला परेको हो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयमा बिर्तामोडमा राखिएको छ ।

सम्बन्धित समाचार