२०८३ बैशाख ४ गते , शुक्रबार

आज इद उल फित्र मनाउँदै इस्लाम धर्मावलम्बी, सरकारले दियो सार्वजनिक बिदा

sajilo news
झापा
२०८१ चैत्र १८ गते , सोमबार
आज इद उल फित्र मनाउँदै इस्लाम धर्मावलम्बी, सरकारले दियो सार्वजनिक बिदा

इस्लाम धर्मावलम्बीले सोमबार इद मनाउँदै छन्। एक महिना लामो रमादान पर्व (रोजा) पूरा भएको खुशीयालीमा इद उल फित्र मनाउन लागिएको हो।  इद उल फित्रका अवसरमा एक आपसमा खुशीयाली साट्दै शुभकामना आदानप्रदान गर्ने प्रचलन छ। यो दिनमा मुस्लिम धर्मावलम्बी पवित्र भई मस्जिदमा गएर नमाज पढ्ने परम्परा छ। 

खुशीपूर्वक दीनदुःखी एवं गरिबलाई दान गरिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो। यो दिन नमाज पाठ गरेपछि तीन दिनसम्म ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ। अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ। रमादान महिना गरिब, दीनदुःखी र असहायका लागि राम्रो होस् भन्ने दृष्टिकोणबाट अल्लाहले विशेष व्यवस्था गरेको मानिन्छ। इदका अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ।

सम्बन्धित समाचार