राष्ट्रसेवक सहकारीको स्थापना दिवस : विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
भद्रपुर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुरले २६ औ स्थापना दिवसको विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । राष्ट्रसेवक सहकारीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत भद्रपुर-९ स्थित जीवन ज्योति आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सोमबार एक संक्षिप्त कार्यक्रमका बीच शैक्षिक सामग्री वितरण गरिएको हो ।
सहकारी अध्यक्ष वशिष्ठ अधिकारी, कार्यक्रमका प्रमुख अतिथि नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सल्लाहकार लक्ष्मीप्रसाद गुरागाईँ लगायतले विद्यार्थीहरूलाई ३० दर्जन कापी, पेन्सिल ३० प्याकेट तथा ईलेजर, सापनर र डटपेन समेत ३० हजार मुल्य बराबरको शैक्षिक सामग्री वितरण गरेका हुन् । सो सामग्री
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नूतन पौडेल र प्रधानाध्यापक निर्मला पौडेल हस्तान्तरण गरेका थिए । सामग्री हस्तान्तरण गर्दै अध्यक्ष अधिकारीले सहकारीको आम्दानीको निश्चित प्रतिशत रकम सामाजिक उत्तरदायित्वको क्षेत्रमा छुट्ट्याउने सहकारीको नियम अनुसार सोही नीति अनुरूप कार्य गरेको बताए। उनले सहकारीमा फैलाउने गलत अफवाहका कारण सहकारीको बदनाम गरिएको बताउँदै सञ्चालकहरूले सही कार्य गर्न नसकेका कारण सहकारीको बदनाम भएको स्पष्ट पारे ।
सो अवसरमा सामग्री हस्तान्तरण गर्ने सहकारी संस्था प्रति व्यवस्थापन समिति अध्यक्ष नूतन पौडेलले धन्यवाद दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि गुरागाईँ नेपाल निजामती कर्मचारी संगठन झापाका निवर्तमान अध्यक्ष केदार पोखरेल, ९ नम्बर का वडाअध्यक्ष राम दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव नवराज पोखरेलले र स्वागत मन्तव्य विद्यालयकी प्रधानाध्यापक निर्मला पौडेलले राखेकी थिइन् । सहकारीले आजै रक्तदान, ज्येष्ठ नागरिक सम्मान लगायतका विविध कार्यक्रम गरी स्थापना दिवस मनाउने जनाइएको छ ।