२०८३ बैशाख २२ गते , मंगलबार

४ वर्षीया बालिका अपहरण गर्ने व्यक्ति पक्राउ

sajilo news
सुनसरी
२०८१ चैत्र २१ गते , विहीबार
४ वर्षीया बालिका अपहरण गर्ने व्यक्ति पक्राउ

 

सुनसरीको कोशी गाउँपालिका-७ मुसहरी टोलका कुशेश्वर सदाको ४ वर्षीया छोरीको अपहरण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले घटना घटेको २४ घण्टाभित्र बालिकाको सकुशल उद्दार समेत गरेको छ । पक्राउ पर्नेमा सप्तरी जिल्ला कन्चनरुप नगरपालिका १२ धरमपुरका जितुवा भन्ने जितेन्द्र साह (हलुवाई) रहेका छन ।

चैत २० गते दिउँसो पौने २ बजे सदाकी छोरी घर अगाडि खेल्ने क्रममा अपरिचित मानिसले सिटी सफारीमा चढाई अपहरण गरी लगेको भनी जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको टोलीले खोज तलासको क्रममा चैत २१ गते कोशी ब्यारेजको २६ नम्बर ढोकाको पुल माथिबाट बालिकालाई सकुशल उद्दार गरी आफन्तलाई जिम्मा लगाएको छ भने अपहरणमा संलग्न साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

सम्बन्धित समाचार