२०८३ बैशाख २२ गते , मंगलबार
झापा हल्दिबारीका कार्की पक्राउ
फरक क्षमता भएकी युवतीलाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा झापा हल्दिबारीका एक युवक पक्राउ परेका छन् । भारत आसाम घर भई हाल हल्दिबारी गाउँपालिका १ कोचाटोलीमा काकाको घरमा बस्दै आएका २७ वर्षीय सन्तोष कार्कीले बिहीबार दिउँसो ती युवतीलाई बाँसघारीमा लगेर बलात्कार गरेका थिए ।
प्रहरी चौकी गोलधापबाट प्रहरी टोली खटिएर बुझ्दा पिडकले पीडितलाई चैत ६ गतेदेखि पटक पटक जबरजस्ती करणी गर्ने गरेको बुझिएको, छ । कार्कीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।