२०८३ बैशाख ५ गते , शनिबार
पाथीभरा माताको मन्दिरमा आगलागी
सुनसरी इटहरी उपमहानगरपालिका–२ बरगाछी बस्ने गोपाल परियारले आँगनको उत्तरपट्टि सञ्चालन गरेको पाथीभरा माताको मन्दिरमा आगलागी भएको छ ।
आज बिहानको राती अन्दाजी ४ः१५ बजे एकतले पाथीभरा माताको मन्दिरमा बालेको दियोबाट आगो सल्किएको हो । आगलागीबाट मन्दिर, मन्दिरभित्र रहेको सुन अन्दाजी २ तोला , चाँदी १.५ किलोग्राम, नगद अन्दाजी १ लाख र मूर्तिलगायत गरी अन्दाजी ९ लाख बराबर क्षति भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी तरहराबाट खटिएको प्रहरी टोली, स्थानीय र दमकलको सहयोगमा उक्त आगलागी बिहान ४.४५ बजे पूर्णरुपमा नियन्त्रणमा आएको थियो